उदयपुर : उदयपुरको कटारी नगरपालिका २ देवीधापस्थित सडकमा वम राखिएको छ । नेकपा(विप्लव)कोले आज आव्हान गरेको नेपाल बन्दलाई प्रभाव पार्नका लागि बम राखिएको हुन सक्ने बताइएको छ ।
मारुती सिमेन्ट उद्योगलाई कच्चा पर्दाथ (चुनढुंगा) सप्लाई गर्ने शिवम मल्टिपर्स प्रालिको गेटअगाडि बम राखिएको इलाक प्रहरी कार्यालय कटारीले जनाएको छ । बम डिस्पोजलका लागि नेपाली सेनाको डिस्पोजल टोलीलाई खवर गरिएको प्रहरी निरिक्षक ललनप्रसाद कुर्मीले वताए । डिस्पोजका लागि सेनाको वेलसोत स्थित कालिसिद्धि इन्जिनियरि¨ गणकोको डिस्पोजल टोलीले आउदै गरेको छ ।
यसै बिचमा नेकपाले आव्हान गरेको बन्दको कारण आज उदयपुरको जनजिवन प्रभाव भएको छ । बन्दका कारण सदरमुकाम गाईघाट लगाइत कटारी, वेल्टार, रामपुर लगायतका स्थानबाट संचालन हुने लामो तथा छोटो दुरीका सवारी साधन चलेका छैन । त्यसैगरि ग्रामिण क्षेत्रबाट सचालन हुने सम्पूण यातायात ठप्प भएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन ३०, २०७५