काठमाडौं : नेपाल तरुण दलका महासचिव भुपेन्द्रजंग शाहीले विप्लवमाथि प्रतिबन्ध लगाउनु सरकारको मुर्खता भएको बताएका छन् । मंगलबार मनित्रपरिषद् बैठकले विप्वव नेतृत्वको नेकपामाथी प्रतिबन्ध लगाउने निर्णय गरेलगत्तै शाहीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
महासचिव शाहीले नेकपा राजनीतिक शक्ति रहेको भन्दै राजनितीक रुपमै हल गर्नुपर्नेमा जोड दिए । ‘सरकारले द्वन्द्व निम्त्याउन खोजेको देखिन्छ। सरकारले मुलुक लाई फेरि युद्धमा फसाउन खोजेको छ’ शाहीले भने, ‘अनि बिप्लब समुहलाई पनि हिन्साको बाटो बाट भन्दा पनि शान्तिपुर्ण बाटो बाट खुल्ला राजनीतिक गतिविधिमा आउन आग्रह गर्दछु। ’
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५