काठमाडौं : विप्लव नेतृत्वको नेकपालाई प्रतिबन्ध लगाउने मन्त्रिपरिषद् बैठकमा गृहमन्त्री रामबहादुर थापा बादल भने उपस्थित नरहेकाे पाइएकाे छ । सरकारले ‘सुरक्षा थ्रेट’ महसुस गरेपछि विप्लव समूहमाथि प्रतिबन्ध लगाएको हो ।
तर, सो बैठकमा सुरक्षा निकायको नेतृत्व गर्ने गृहमन्त्री थापा भने अनुपस्थित रहेको गृहमन्त्रीका प्रेस संयोजक किरण भट्टराईले बताए । ‘गृहमन्त्री ज्यू आज साँझ अस्ट्रियाको भियनामा हुने कार्यक्रममा सहभागी हुन जाने व्यस्तताका कारण मन्त्रिपरिषद् बैठकमा सहभागी हुनुभएको छैन’, प्रेस संयोजक भट्टराईले भने ।
प्रकाशित मिति: बुधबार, फागुन २९, २०७५