काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता भिम रावलले सिके राउतसँग सरकारले ११ बुँदे सहमतिमा प्रयोग गरेको भाषामा गम्भिर आपत्ती जनाएका छन् । उनले सहमतिमा प्रयोग भएको भाषा दुई देशकोबिचमा भएको जस्तो गरि आएको भन्दै आपत्ती जनाएका हुन् ।
‘सरकार र सीके राउतका बीच भएको सम्झौता दुई देशका बीच भएको सम्झौताको भाषामा किन गरियो ? देश टुक्र्याउने घोषणाका सामग्रीहरू हटाउने कुनै कुरा नगरिनु र सम्झौता र भाषणमा राउतले कहीँ पनि देश टुक्र्याउने भनी गरिएका कुरा गलत थिए, भन्दिन वा फिर्ता लिन्छु भनी नभनिनुको रहस्य खोजौं ,’ रावलले भनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५