प्रधानमन्त्री केपी ओलीले सिके राउत निर्णय क्षमताको प्रशंसा गरेका छन्।
राउतले नेतृत्व गरेको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच शुक्रबार राजधानीमा भएको ऐतिहासिक सहमति पछि कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राउतको गरेका हुन्।
पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग राउतको तुलना गर्दै प्रधामन्त्री ओलीले भने,‘राउतमा निर्णय क्षमता देखेँ। त्यस्तो निर्णय क्षमता पुष्पकमल दाहालमा मात्रै देखेको थिएँ, संसद, सरकार, चुनावमा सहभागिता, पार्टी एकता गर्ने कुरामा जो सुकैले यस्तो सक्दैन निर्णय क्षमताले हुन्छ। मैले सिके राउतजीमा पनि यस्तो छाँटकाँट देखेको छु।’
‘उहाँ एउटा इञ्जिनियर, कता–कता बाटो बिराएकोमा आफुलाई पनि डर लागेको थियो । तर, आज सही निर्णय गर्नुभयो । उहाँ ‘टेक्नोक्र्याट मात्रै होइन टिचर’ पनि हो,’ सम्बोधनका क्रममा ओलीले भने ।
उनले राउतको पृथक धारको राजनीति गर्दै आए पनि राष्ट्रिय एकता र सम्बद्धिको पक्षमा गरेको निर्णय महत्वपूर्ण भएको बताए। प्रधानमन्त्री ओलीले माओवादीले हिंसा छोडेर शान्तिपूर्ण राजनीतिमा आएको उदाहरण दिँदै अब सम्पूर्ण रुपले हिंशा समाप्त भएको दाबीसमेत गरे।
प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५