काठमाडौं :सिके राउतको स्वतन्त्र मधेश गठबन्धन र सरकारबीच ११ बुँदे सहमति भएको छ। राष्ट्रिय सभागृहमा भएको राजनीतिक सहमति घोषणा कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा बादल र गठबन्धनका तर्फबाट सिके राउतले हस्ताक्षर गरेका छन् ।
यी हुन् सहमतिमा ११ बुँदा
१.मुलुकको स्वाधीनतालाई स्विकार्ने।
२. लोकतान्त्रिक प्रक्रियाबाट समस्या समाधान गर्ने।
३. असन्तुष्टि समाधान गर्ने।
४. राउतको संगठनमाथि लागेका मुद्दा फिर्ता लिने।
५. राउतको संगठनले निकालेका किताब, गीत तथा अन्य प्रचार सामग्री प्रयोगमा नल्याउने।
६. विखण्डनवादी क्रियाकलाप नियन्त्रण गर्ने।
७. संविधानको भावनाअनुसार राजनीतिक मूलधारमा आउन सक्ने।
८. गत भदौ १५ गते बाँकेमा मारिएका राम मनोहर यादवको परिवारलाई क्षतिपूर्ति र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्ने।
९. घाइतेहरुको सरकारले उपचार गर्ने।
१०. राउतको संगठनका कार्यकर्तामा भएको सिपलाई राष्ट्रको हितका लागि उपयोग गर्ने।
११. सहमति आजैबाट लागू हुने।


प्रकाशित मिति: शुक्रबार, फागुन २४, २०७५