काठमाडौं : सर्वोच्च अदालतले थुनामा रहेका सिके राउतलाई थुनामुक्त गरि अनुसन्धान गर्न आदेश गरेको छ। माघ ३ मा उच्च अदालत बीरगन्जले गरेको आदेश बदर गर्दै सर्वोच्च अदालतले उनलाई रिहा गर्न आदेश गरेको हो ।
प्रधानन्याधीश चोलेन्द्र शमशेर राणा र न्यायाधीश पुरुषोतम भण्डारीको संयुक्त इजलासले राउतलाई छोड्ने आदेश दिएको हो । राउत हाल काठमाडौंस्थित केन्द्रीय कारागारमा छन् ।
मधेस अलग राष्ट्र हुनुपर्ने माग गर्दै आएका राउतमाथी विखण्डनकारीको आरोप लाग्दै आएको छ ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५