सुन र चाँदीका सरसामानसहित दुईजना पक्राउ परेका छन् ।
लम्की चुहा नगरपालिका-३ चिसापानी प्रहरी चेक पोष्टमा सवारी जाँचका क्रममा दुई किलो दुई सय ३२ ग्राम सुनसहित धनगढी उपमहानगरपालिका-१ का ४५ वर्षीय रमेशकुमार सैजु र कैलारी गाउँपालिका-५ की २५ वर्षीय सीताकुमारी चौधरीलाई कारमा आइरहेको अवस्थामा प्रकाउ गरेको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले उनीहरुको साथबाट बा१च ७४१३ नम्बरको कारसहित चाँदीको करुवा १० वटा, चाँदीकै बडर भएको काठको फ्रेम ४३, टिकादानी १२, चाँदीको सतपाला ७, चाँदीको आचमनी र पञ्चपाक ३२/३२ थान, १८ वटा नगसहितको औठी र तीन थान मोवाइल बरामद गरेको ।
प्रकाशित मिति: बिहीबार, फागुन २३, २०७५