कञ्चनपुर ः भीमदत्त नगरपालिका–१३ वडैपुरका गोरे लुहारको बन्चरो प्रहार गरी हत्या गरिएको छ । जग्गा विवादमा भतिजा शिव लुहारले गोरेलाई सोमबार साँझ बन्चरो प्रहार गरेका थिए ।
बन्चरो प्रहारपछि गम्भीर घाइते भएका गोरेको भारतको बरेलीमा उपचार क्रममा गए राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्णराज ओझाले बताए । हत्यामा संलग्न शिवलाई घटनामा प्रयोग गरिएको बन्चरोसहित पक्राउ गरी हिरासतमा राखिएको उनले बताए । -रासस
प्रकाशित मिति: बुधबार, फागुन २२, २०७५