काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारी आइतबार अमेरिका भ्रमणमा जाने भएकी छन् । उनी ‘कमिशन अन द स्टेटस अफ विमिन’को ६३ औं संस्करणमा भाग लिन आइतबार अमेरिकाको न्यूयोर्क जान लागेकी हुन् ।
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मंगलबार पत्रकार सम्मेलन गरी राष्ट्रपति भण्डारीको यस भ्रमण दलमा महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापा, राष्ट्रपति कार्यालयकी विज्ञ लक्ष्मी कार्कीलगायत सहभागी हुने जानकारी दिए ।
यस संस्करणलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्ने कार्यक्रम पनि छ । मार्च ११ देखि २२ सम्म न्यूयोर्कमा कार्यक्रम हुनेछ ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५