काठमाडाैं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राहत शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीबाट हस्तक्षेप भएको भन्दै विरोध गरेको छ ।
काङ्ग्रेस संसदीय दलले सामुदायिक विद्यालयमा लामो समयदेखि अध्यापनरत राहत शिक्षकले काठमाडौँको नयाँ बानेश्वरमा शान्तिपूर्ण प्रदर्शन गरेको अवस्थामा प्रहरीको दमनबाट दर्जनौं शिक्षक घाइते भएको जनाएको छ ।
प्रमुख सचेतक बालकृष्ण खाणले विज्ञप्तिमार्फत शान्तिपूर्ण रुपले प्रदर्शन गर्न पाउने नैसर्गिक अधिकारमाथि सरकारले अङ्कुश लगाउने कार्य गरेको भनी आरोप लगाउँदै सरकारसँग राहत शिक्षकको माग पूरा गर्न आग्रह गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन २१, २०७५