काठमाडौं : ऐतिहासिक रानीपोखरीको पुनर्निर्माण सुरु भएको छ । २०७२ को बिनाशकारी भुकम्पवाट क्षतिग्रस्त रानीपोखरीको पुनर्निर्माण उपभोक्ता समितिमार्फत राष्ट्रिय पुननिर्माण प्राधिकरणले सुरु गरेको हो ।
परम्परागत शैली प्रयोग गरेर प्रताप मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण हुने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताए ।
रानीपोखरी पुनर्निर्माणमा ४० जना खटिएका रानीपोखरी पुनर्निर्माण उपभोक्ता समितिका अध्यक्ष अजय स्थापितले बताए ।
मन्त्रिपरिषद्को गत माघ १४ को बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर लगायतका क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको पुनर्निर्माण गर्ने गरी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई जिम्मेवारी दिएको हो ।
प्रकाशित मिति: सोमबार, फागुन २०, २०७५