काठमाडौं : पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरमा नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका छन् । शनिबार बेलुकी निधन भएका अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलिका लागि बिहान ९ देखी १२ बजेसम्म नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिएको छ । कम्युनिष्ट नेता कार्यकर्ता र अन्य दलका नेता कार्यकर्ता श्रद्धाञ्जलि व्यक्त गर्न धुम्बराही पुगेका छन् ।
आइतबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ । ८३ वर्षीय अधिकारीको शनिबार धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा राती ९ बजेर ३५ मिनेटमा निधन भएको थियो।




प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५