काठमाडौं । नेपाली सेनाका एक जवानले आफैले बोकेको बन्दुकले आफूलाई नै हानेर आत्महत्या गरेका छन् ।
धनकुटास्थित बरख गणमा कार्यरत सैनिक जवान चेतराज जोशीले आपूmलाई नै गोली हानी आत्महत्या गरेका हुन् ।
गोली हानेर गम्भीर घाइते भएका उनको उपचारका क्रममा शनिबारराति मृत्यू भएको हो ।
डोटी घर भएका सैनिक जवान जोशीले ड्युटीका क्रममा बोकेको एम १६ राइफलले आफ्नै छातीमा गोली हानेका थिए । घटनाबारे नेपाली सेनाले विस्तृत अध्ययन थालेको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५