काठमाडौं ः पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । लामो समयदेखि उपचाररत अधिकारीको गए राती ८२ वर्षको उमेरमा निधन भएको हो ।
अधिकारीप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न पार्टी कार्यालय धुम्बाराहीमा नेता कार्यकर्ताहरूको बाक्लो उपस्थिति रहेको छ । अहिले पूर्वउपप्रधानमन्त्री समेत भएका अधिकारीलाई श्रद्धाञ्जली दिने विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ । पार्टी कार्यालयको श्रद्धाञ्जलीपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १९, २०७५