काठमाडौं : पूर्वअर्थमन्त्री एवं नेकपाका नेता भरतमोहन अधिकारीको स्वास्थ्य निकै गम्भीर बनेको छ ।
उनका महत्त्वपूर्ण अंगहरूले काम गर्न छाडेकाले बचाउन सक्ने सम्भावना न्यून भएको चिकित्सिकहरूले बताएका छन् ।
‘२४ घन्टादेखि पिसाब भएको छैन । हाम्रो सम्पूर्ण प्रयासका बाबजुद उहाँलाई बचाउन सक्ने सम्भावना न्यून देखिन्छ । अहिले उहाँलाई सजिलो बनाउने उपचार गरिहेका छौँ’, अस्पतालले भनेको छ ।
तीन सातादेखि ह्याम्स अस्पतालमा उपचार गराइरहेका पूर्वमन्त्री अधिकारीको स्वास्थ्य अवस्थाबारे अस्पतालले शनिबार पत्रकार सम्मेलन गरी अधिकारीको स्वास्थ्य खस्किँदै गएको बताएको हो ।
प्रकाशित मिति: शनिबार, फागुन १८, २०७५