काठमाडाैँ :कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा) बाट विद्रोह गरी पूर्वमन्त्री जयन्त चन्दसहित एक समूह राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) मा आज समाहित भएको छ ।
आज आयोजित राप्रपा एकीकरण अभियान कार्यक्रममा चन्दको नेतृत्वमा १४ जना केन्द्रीय सदस्य तथा तीन जिल्ला अध्यक्षका साथै अन्य १०० कार्यकर्ता राप्रपा (संयुक्त)मा समाहित भएको छ । पार्टीका अध्यक्षद्वय डा प्रकाशचन्द्र लोहनी र पशुपतिशम्शेर जवराले उक्त समूहलाई स्वागत गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५