काठमाण्डौ : आजको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारी सहित ७ जनाको बुधबार दिउसो ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन भएको हुदा प्रतिनिधिसभाको बैठक स्थगित भएको हो ।
शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गर्नेछ ।
प्रकाशित मिति: बिहीबार, फागुन १६, २०७५