काठमाडौं : पशुपति क्षेत्रबाट चोरी भएको गोरखनाथको मूर्ति पशुपति क्षेत्रमै रहेको कैलाशको जंगलमा गाडेको अवस्थामा भेटिएको छ।
माघ ११ गते चोरी भएको मूर्ति प्रहरीले मंगलबार कैलाशको जंगलमा गाडेको अवस्थामा फेला पारको हो। उक्त मूर्ति शिवरात्रि मेलाका लागि पशुपति परिसरको हंश मण्डपमा भारतबाट आएका १३ जना साधुहरुले लगेका थिए। उक्त मूर्ति पशुपतिमा पूजा गर्नुअघि सोह्रखुट्टेस्थित ओम सेना नेपालको कार्यालयमा राख्ने गरिएको थियो।
शनिबार राति साधुहरुले हंश मण्डपस्थित खुल्ला चौरमा मूर्ति राखेर धुनी जगाएर बसेका थिए। त्यसबेलै मूर्ति चोरी भएको थियो। ढलौटबाट बनेको उक्त मूर्ति साढे २ फिट अग्लो २० किलो तौलको छ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५