काठमाडौं: ताप्लेजुङमा एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटना भएपछि मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्न लागेको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीसहित सवार हेलिकाेप्टर आज ताप्लेजुङकाे पाथिभरा नजिकै दुर्घटनामा परेको विमानस्थल कार्यालयकाे एयर कन्ट्राेलरले पुष्टि गरेको छ।
हेलिकोप्टरमा मन्त्री अधिकारीसहित हेलिकोप्टरमा पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोचिभैया सवार थिए। उक्त हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।
हेलिकोप्टर काठमाडौंबाट मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न आज बिहान साढे ८ बजे उडेको थियो। मानवीय क्षति भए/नभएको बारे पुष्टि हुन बाँकी छ।
प्रकाशित मिति: बुधबार, फागुन १५, २०७५