काठमाडौं : नेपाल सरकारका उपसचिव प्रेमप्रसाद सञ्जेलले आफूमाथि अन्यायपूर्ण व्यवहार गरी ईतिहाँसमै नभएको ७० दिने सरुवा गरिएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालत जाने घोषणा गरेका छन् । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै सञ्जेलले यस्तो घोषणा गरेका हुन् ।
सामाजिक सुरक्षा कोष कट्टा नगरी श्रमिकको शोषण गर्ने उद्योगी र उनीहरुसँग साँठगाँठ गरी मजदुरको पैसा अनियमितता गर्ने ट्रेड युनियनका पदाधिकारीउपर कारबाही सुरु गर्दा ईतिहाँसमै कसैलाई नगरिएको ७० दिने सुरुवा गरेर हाजिर नै गर्न नदिएको र तलबसमेत रोक्का गरेपछि आफू त्यसको विरुद्धमा कानूनी उपचारको लागि अदालत जान लागेको बताए ।
उनले देशलाई भ्रष्टाचारको दलदलबाट मुक्त गर्नको लागि नेपाली जनताले चाहे भने सक्ने ठोकुवा गरे । उनले थपे, ‘त्यसको लागि जनताले भ्रष्टाचार सुन्नै नसक्ने, देख्नै नसक्ने र सहनै नसक्ने मानसिकता तयार गर्नुपर्छ । र, भ्रष्टाचारीलाई सामाजिक बहिष्कार गर्नुपर्छ ।’
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५