वीरगञ्जः भारतले पाकिस्तानविरुद्ध गरेको हवाई आक्रमणको समर्थनमा विरगञ्जमा जुलुस निस्किएको छ । कास्मिरमा आतंकवादी हमलामा परि भारतीय सैनिकहरुको ज्यान गएपछि भारतले सो घटनामा पाकिस्ताको संलग्नता दाबी गर्दै आएको छ । भारतले मंगलबार बिहान करिब ३ बजे पाकिस्तान नियन्त्रित कश्मीरमा एक हजार किलोको बम खसाएकै थियो ।
पाकिस्तानमाथी भएको सो आक्रमणको समर्थन गर्दै राजपाले मंगलबार दिउँसो विरगञ्जमा प्रदर्शन गरेको हो । राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा जुलुस निस्किएको हो । उनीहरुले आतंकवाद विरुद्धको लडाइमा आफुहरु भारतको साथमा रहेको ब्यानर बोकेका थिए ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५