विराटनगर : पछिल्लो समय बम विष्फोट लगायत हिंसात्मक गतिविधि गर्दै आएको नेकपाको विद्यार्थी संगठन नेता नरेन्द्रबहादुर सिंह विश्वकर्मा २५ दिनपछि रिहा भएका छन् । विराटनगर बिमानस्थलबाट काठमाडौं जाने क्रममा गत माघ १७ गते अखिल क्रान्तिकारीका केन्द्रीय कोषाध्यक्ष रहेका विश्वकर्मा ३ राउण्ड गोलीसहित पक्राउ परेका थिए ।
जिल्ला प्रकाशन कार्यालय मोरङमा २० हजार धरौटी बुझाएर उनी छुटेका हुन् । उनी नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका छोरा हुन् ।नेकपाले केही दिनअघि नख्खुमा बम विष्फोट गराउँदा एक सर्वसाधारणको ज्यान गएको थियो भने अन्य २ जना गम्भिर घाइते भएका छन् ।
प्रकाशित मिति: मंगलबार, फागुन १४, २०७५