संवैधानिक आयोगका प्रस्तावित अध्यक्षमाथिको सुनुवाईका लागि बोलाइएको संसदीय सुनुवाई विशेष समितिको बैठक स्थागित भएको छ । गण पुरका संख्या नपुगेपछि आजको बैठक स्थागित भएको हो ।
आइतबारको बैठकमा थारु आयोग र मधेसी आयोगका प्रस्तावित अध्यक्षमाथि सुनुवाई हुने कार्यतालिका थियो । सरकारले थारु आयोगको अध्यक्षमा विष्णुप्रसाद चौधरी र मधेसी आयोगको अध्यक्षका लागि डा. विजयकुमार दत्तलाई सिफारिस गरेको छ ।
उनीहरुमाथि उजुरी नपरेकाले सुनुवाई सुरु भएको हो । प्रतिनिधिसभा नियमावली अनुसार संसदीय समितिको बैठकका लागि ५१ प्रतिशत सदस्य उपस्थित हुनु पर्छ । संसदीय समितिमा १५ जना सदस्य छन् । बैठकको गणपुरक संख्या पुग्न ८ सदस्य उपस्थित हुनु पर्छ ।
आयोगका अध्यक्षको सिफारिसमा असन्तुष्टि जनाउँदै आएको कांग्रेसका चार सदस्य बैठकमा अनुपस्थित रहँदै आएका छन् । समितिको अर्को बैठक फागुन १४ गते मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन १२, २०७५