नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) माओवादीका वरिष्ठ सल्लाहकार तथा पुराना वामपन्थी नेता कृष्णदास श्रेष्ठको निधन भएको छ ।
पछिल्लो समयमा बिरामी भएर राजधानीको नर्भिक अस्पतालमा भर्ना भएका श्रेष्ठको ८७ बर्षको उमेरमा आफ्नै घरमा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनलाई १३ दिन नर्भिकमा उपचार गराउँदा पनि स्वास्थ्यमा धेरै सुधार हुन सकेको थिएन ।
सानै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेका श्रेष्ठले माक्र्सवाद सम्बन्धि धेरे पुस्तक लेखेका छन् । दर्शन, साहित्य र बिचारका माक्र्सवादी पुस्तक आफै लेखेका छन् भने केहि विदेशी माक्र्सवादी पुस्तकहरु पनि नेपालीमा अनुवाद गरेका छन् ।
उनले केहि समय आफैले पार्टी खोलरे चलाएका थिए । माओवादी शान्तिप्रक्रियामा आएपछि माओवादीसंग पार्टी एकता गरेका थिए । माओवादी पार्टी विभाजन भएपछि मोहन वैद्यले नेतृत्व गरेको क्रान्तिकारी माओवादीमा थिए । श्रेष्ठका एक छोरा र तीन छोरी छन् ।
प्रकाशित मिति: शनिबार, फागुन ११, २०७५