काठमाडौं : वीर अस्पतालको निर्माणाधीन भवनको लिफ्ट चुडिँदा २ जना कामदारको मृत्यु भएको छ भने १ जना गम्भीर घाइते छन् ।घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
मृत्यु हुनेमा सप्तरीका नवीन चौधरी र भूमिकुमार चौधरी रहेका छन् । नवीन र भूमिकुमार वीरको बन्दै गरेको भवनमा कार्यरत थिए । १ जनाको उपचारको क्रममा ट्रमा सेन्टर लैजादै गर्दा र १ जनाको उपचारको क्रममा मृत्यु भएको ट्रमा सेन्टरले जनाएको छ ।
त्यस्तै बिहीवार बेलुका करिब साढे ७ बजे लिफ्ट चुडिँदा त्यसैमा काम गर्दै गरेका तीन जना मजदुर घाइते भएका थिए ।लिफ्ट के कारणले चुँडियो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शुक्रबार, फागुन १०, २०७५