काठमाडौं । नेपाली कांग्रेसले पाँचवटा मापदण्ड निर्धारण गर्दै पार्टी सभापति गगन थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ।
केन्द्रीय समितिको बैठकपछि उपसभापति विश्वप्रकाश शर्माले व्यक्तिको पृष्ठभूमि, राजनीतिक संस्कार, योगदान, योग्यता र भिजनका आधारमा उम्मेदवार चयन गरिएको जानकारी दिए।
शर्माका अनुसार कांग्रेसले अघि सारेको उम्मेदवार हाल चर्चामा रहेका अन्य प्रधानमन्त्रीका दाबेदारहरूमध्ये सबै हिसाबले सक्षम र अब्बल रहेको पार्टीको निष्कर्ष छ।
प्रधानमन्त्रीका भावी उम्मेदवारका रूपमा एमालेले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन शाहलाई अघि सारेका छन्।
यसैबीच, कांग्रेस सभापति थापा आगामी संसदीय निर्वाचनमा सर्लाही निर्वाचन क्षेत्रबाट उम्मेदवार बन्ने तयारीमा छन्।
प्रकाशित मिति: शुक्रबार, माघ १०, २०८२