काठमाडौँ । राहत शिक्षकहरूले सिट्ठी फुकेर प्रदर्शन गरेका छन्। काठमाडौँको माइतीघर मण्डलमा राहत शिक्षकहरूले मंगलबार सिट्ठी फुकेर प्रदर्शन गरेका हुन्।
उनीहरूले सोमबार सडकमै सुतेर विरोध जनाएका थिए। सरकारले संसदमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकले आफूहरूका माग सम्बोधन नगरेको भन्दै उनीहरू आन्दोलनमा छन्।
सुरूमा राहत शिक्षकहरू पनि नेपाल शिक्षक महासङ्घको आह्वानमा आन्दोलनमा थिए। तर उनीहरूसँग सरकारले सहमति गरेसँगै राहत शिक्षकहरूले बेग्लै आन्दोलन गरिरहेका छन्। मुलुकभरका सरकारी विद्यालयमा करिब ४० हजार राहत शिक्षक छन्।
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०