काठमाडौँ । फोहोर व्यवस्थापनबारे स्थानीयसँग छलफल गर्न सिसडोल पुगेका काठमाडौँका मेयर बालेन साहले आफ्ना आइडिया सेयर गरेका छन् । उनले सुरुमा गन्ध हटाउनका लागि केमिकल ल्याउने बताएका छन् ।
त्यस्तै उनले फोहोरबाट इन्धन निकाल्नका लागि करिब ३–४ महिना लाग्ने बताएका छन् । उनले कुहिने फोहोरबाट मन बनाउने गरी योजना बनाएको पनि सुनाए ।
कुहिने र नकुहिने फोहोर छुट्याउनका लागि काठमाडौँका स्थानीयमा जनचेतना फैलाउने काम तत्कालै सुरु गरिने पनि बताएका छन् । मेयर साहले स्थानीयलाई तीन महिनाभित्र सडक बनाइसक्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । जसका लागि लिखित सम्झौता गर्न पनि आफू तयार रहेको उनले बताएका छन् ।
मेयर साह र उपमेयर सुनिता डङ्गोल आज बिहानै सिसडोल गएका हुन् । उनीहरूले हिजो सहरी विकासमन्त्री रामकुमारी झाँक्रीसँग भेट गरेका थिए ।
प्रकाशित मिति: शुक्रबार, जेठ २०, २०७९