म्याग्दी । मुस्ताङको थासाङ गाउँपालिका, २ कोवाङको सिरानमा दुर्घटनाग्रस्त तारा एयरमा सवार सबै यात्रुको शव फेला परेको छ ।
फेला परेका शवमध्ये १० वटा शवलाई तल बेनी–जोमसोम सडक खण्डमा पर्ने कोवाङमा झारिएको छ ।
खराब मौसम र अप्ठ्यारो भूगोलमा उद्धारकर्ताले शव बोकेर झार्नुपर्ने भएकोले समस्या देखिएको छ । शवहरू भीरमा छरिएकाले सङ्कलन गर्न समस्या भएको छ । फेला परेका शवको पहिचान भने भइसकेको छैन ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९