काठमाडौँ । लाजिम्पाटमा घरको छतबाट खसेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६४ वर्षीय महेश पन्त रहेको प्रहरीले जनाएको छ ।
घरमा एक्लै बस्दै आएका उनको घरमा भित्रबाट चुकुल लगाइएको थियो । मृतक पन्तकी श्रीमती र छोरा थाइल्याण्डमा बस्दै आएका छन् ।
प्रकाशित मिति: सोमबार, जेठ १६, २०७९