काठमाडौँ ।पछिल्लो २४ घण्टामा ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ५ सय ८९ पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १ सय ४ गरी ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ भने १ हजार २७९ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, असोज १०, २०७८