काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप १०६६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८,५४० पीसीआर परीक्षणमा ८३५ जना र २,८१८ एन्टिजेन परीक्षणमा २३१ जना गरी १०६६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १,२३४ जना संक्रमणमुक्त भएका छन् । त्यसैगरी शनिबार कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या २५ हजार ८२ जना छन् । जसमध्ये २३ हजार ६३६ जना होम आइसोलेसनमा र १४४६ जना संस्थागत आइसोलेसनमा छन् ।
प्रकाशित मिति: शनिबार, असोज २, २०७८