वीरगन्ज । नेपालमा भारतबाट पहिलो पटक निजी कार्गो रेल वीरगन्ज आइपुगेको छ ।
भारतको हल्दियाबाट सो रेल आज (बुधबार) बिहान १०:१५ बजे वीरगन्जको सिर्सियामा रहेको सुख्खा बन्दरगाहमा आइपुगेको हो ।यस अघि भारतीय सरकारको स्वामित्व भएको रेल मात्र नेपाल आउने गरेकोमा यो निजी क्षेत्रको पहिलो रेल हो ।
भारतसँग निजी कार्गो रेल नेपालको सीमासम्म ल्याउने विषयमा गत असार २५ गते सम्झौता भएको र सो अनुसार नेपालमा निजी रेल आउन सम्भव भएको हो ।
प्रकाशित मिति: बुधबार, भदौ ३०, २०७८