काठमाडौँ । पछिल्लो २४ घण्टामा १,५६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०२६६ पीसीआर परीक्षण गर्दा १०८० जना र ४१७७ एन्टिजेन परीक्षण गर्दा ३८२ गरी १५६२ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण १९ जनाको मृत्यु भएको छ भने १ ५८९ जना संक्रमणमुक्त भएको छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ २९, २०७८