काठमाडौं । पछिल्लो २४ घण्टामा ९९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६१३७ पीसीआर परीक्षणमा ७७७ जना र ३७०३ एन्टिजेन परीक्षणमा २१७ जना गरी ९९४ जनामा संक्रमण पुष्टि भएको हो ।
वितेको २४ घण्टामा कोरोना संक्रमणका कारण १२ जनाको मृत्यु भएको छ भने संक्रमणमुक्त हुनेको संख्या १३६८ रहेको छ ।
प्रकाशित मिति: शनिबार, भदौ २६, २०७८