काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।
एमसीसी उपाध्यक्ष फातिमाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुगेर प्रधानमन्त्री देउवासङ्ग भेट गरेकी हुन् ।
भेटमा एमसीसी कम्प्याक्ट र नेपालको आर्थिक रुपान्तरणका सम्भावनाहरुसहित नेपाल–अमेरिका सहयोगबारे छलफल भएको प्रधामन्त्री देउवाले बताएका छन् । फातिमाले आजै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर एमसीसीबारे छलफल गरेकी थिइन् ।
उनले आज नै जलस्रोत तथा उर्जामन्त्री पम्फा भुसाललाई समेत भेटेकी थिइन् । यस्तै उपाध्यक्ष फातिमाले हिजो नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टी नेपाल जसपाका उपेन्द्र यादव र डा। बाबुराम भट्टराईसँग भेटवार्ता गरेकी थिइन् ।
प्रकाशित मिति: शुक्रबार, भदौ २५, २०७८