काठमाडौँ । नेपाल धितोपात्र बोर्डको आदेश बिपरित गोर्खाज फाइनान्सले आफ्नो साधारणसभा आयोजना गरेको छ । फाइनान्सको सेयर माफियाकरण गर्दै दिपेन्द्र अग्रवालले कृतिम रुपमा मुल्य बृद्धि गर्ने र बहुसंख्यक सेयर समेत होल्डिंग गरेको जानकारी पाएपछि संस्थामा लामो समयदेखि सेयर सदस्य रहेका बहुसंख्यक सदस्यले धितोपत्र बोर्डलाई यस सम्बन्धि उजुरी गरेका थिए । भाद्र १५ गते धितोपत्र बोर्डका अध्यक्षलाई सम्बोधन गरि छानविन गरिपाउँ भनि बहुसंख्यक सेयर सदस्यहरु जो संस्थाको स्थापनाकाल देखिनै संलग्न रहदै आएका थिए, उनीहरुले उजुरी दिएका थिए । उनीहरुक उजुरीको आधारमा धितोपात्र बोर्डले गुनासो आएकाले साधारणसभा रोक्न आदेश जारी गरेको थियो ।
शक्तिको भरमा सबै सरकारी फर्मानहरुलाई धोती लगाउदै आएका दिपेन्द्र अग्रवाल र डिवि बम्जनहरुले धितोपत्र बोर्डको सो आदेशपनि उल्लङ्घन गरि छाडेका छन् । धितोपत्र बोर्डको साधारणसभा नगर्नु भन्ने स्थगित आदेशको अवेज्ञा गर्दै अग्रवाल र बम्जनहरुले साधारणसभा यथावत राखेका छन् । उनीहरुले एकतर्फि रुपमा जारी गरेको साधारण सभाको कार्यतालिका बमोजिम आज पब्लिक सेयर सदस्यहरुका तर्फबाट बोर्ड सदस्य छनौट गर्ने कार्यक्रम थियो । सो बमोजिम अग्रवाल र बम्जनको टिमले एकतर्फी रुपमा गोप्य ढंगले सो कार्य गरिसकेको पाइएको छ ।
अग्रवाल र बम्जन दुवै जना एकपछि अर्को संस्था डुवाउदै हिडेका नटवरलालको रुपमा चिनिएका पात्रहरु हुन । यसअघि गोर्खाजका तर्फबाट जनरल इन्सेरेन्समा प्रतिनिधित्व गरेका अग्रवाल कारवाहीमा परेका व्यक्ति हुन भने बम्जन चाही गोर्खा बिकास बैँक डुवाएको आरोपमा तिन बर्ष जेल सजाए कटाएका व्यक्ति हुन । उनीहरुले जनतालाई वेवकुफ बनाउदै सेयरको भाउ कृतिम रुपमा बढाएका छन् र अब त्यो बढेको सेयर महंगोमा बिक्रि गर्दै आफु न्युनतम सेयर मात्रै बाकि राखेर कुलेलाम ठोक्ने योजना बनाएका छन् ।
सेयरका नाममा सयौ करोड लुट्ने योजना बनाएका अग्रवाल र बम्जनहरुले पैसाको आडमा देशका उच्च अधिकारी र नेता समेतलाई किनिरहेका छन् । संस्था गैरकानुनी रुपमा कब्जा गर्दै आफ्नो नियन्त्रणमा लिने र जनतालाई बेवकुफ बनाउने उनीहरुको योजना थाहा पाएपछि यसअघि सर्वसाधारण सेयर सदस्यहरुले साधारणसभा स्थगन गरि पाउँ भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँमा पनि निवेदन दिएका थिए । उनीहरुको मनासिव निवेदनका आधारमा काठमाडौँका प्रमुख जिल्ला अधिकरी साधारण सभा स्थगित गर्न आदेश दिएका थिए । काठमाडौँ प्रमुख जिल्ला अधिकारीको आदेश मन्त्रिपरिषदद्धारा प्रदान गरिएको आधिकारिक अधिकार रहेको थियो । मन्त्रिपरिषदले प्रदान गरेको अधिकार प्रयोग गर्दै सिडिओले आदेश जारी गरेको चौविस घण्टा नवित्दै अग्रवाल, बम्जन र इन्द्र बानियाको टिमले गृह मन्त्रालयका सचिवको आदेश भन्दै अर्को आदेश ल्याए । गृहका एक जना अधिकृतको नाममा ल्याइएको त्यो गैरकानुनी आदेशलाई उनीहरुले काठमाडौ सिडिओको आदेश भन्दा उपल्लो आदेश भनि प्रचार गरेका छन् । जवकी त्यस प्रकारको आदेश जारी गर्ने अधिकार सरकारले सिडिओलाई मात्रै दिएको थियो । यसबारे जानकारी पाएका गृहका सचिवले आफ्नो हस्ताक्षर नगरी एकजना अधिकृतलाई हस्ताक्षर गर्न लगाएका थिए ।
गैर कानुनी भएपनि गृहमन्त्री बालकृष्ण खाणलाई प्रभावमा पारी कांग्रेस नेता इन्द्र बानियाले यो आदेश दिन बाध्य पारेको बुझिएको छ । कारण के भने बालकृष्ण खाणलाई आवस्यकता अनुसार पैसा बुझाउदै आएका कांग्रेस नेता इन्द्र बानियाले कानुन बिपरित यस्तो आदेश जारी गराउन बाध्य बनाएको बुझ्न कठिन छैन । इन्द्र बानिया प्रत्यक्ष रुपमा यसमा नदिएको भएपनि आफनो छोरा दिक्षान्त बानियाको तर्फबाट उनले गोर्खाज फाइनान्समा आफ्नो उदेश्य पुरा गराई रहेका छन् । कानुनले नमिल्ने भएपनि आर्थिक लोभ लालचको आधारमा यो देशमा जस्तोसुकै कामपनि हुने गर्छन भन्ने प्रमाणको रुमपा यसलाई लिन सकिन्छ ।
एक पछि अर्को गर्दै सरकारी आदेश र नियमहरुलाई लत्याउदै आफु अनुकूल निर्णय गराउदै आएको यो समुहले अन्ततः फाइनान्स कब्जा गरि कृतिम रुपमा खडा गरिएको सेयरलाई महंगो रुपमा सर्बसाधारणलाई बिक्रि गर्ने र फाइनान्सलाई टाट बनाउने योजना बनाएका छन् । हिजो यस्तै घटना भएपछि गोर्खा बिकास बैँक समाप्त भएको थियो । सोही घटना दोहोरिरहेको आँखा अगाडी देखिरहेका भूतपूर्व गोर्खा समुदायको इमान्दार व्यक्तिहरुले राज्यका बिभिन्न निकायमा आफुहरुले बनाएको संस्था बचाइदिन अनुनय बिनय गरिरहेका छन् तर उनीहरुको आवाजलाई अहिले सम्मपनि सुन्ने प्रयास गरिएको छैन किनभने उनीहरुले घुसको रुपमा मोटो रकम बुझाउन सकिरहेका छैनन् ।


प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८