काठमाडौँ । पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५ हजार १ सय ७० पीसीआर परीक्षण गर्दा ९७६ जना र २ हजार ८०१ एन्टिजेन परीक्षण गर्दा १ सय १३ गरी १ हजार ८९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ५३४ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ २०, २०७८