काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एकीकृत समाजवादी का वरिष्ठ नेता झलनाथ खनाललाई भेटेर स्वास्थ्य स्थितिबारे जानकारी लिएका छन् ।
अध्यक्ष प्रचण्डले आज (बुधबार) बिहान डल्लुस्थित खनाल निवासमा पुगेर स्वास्थ्यबारे जानकारी लिएका हुन् ।
भेटमा प्रचण्डले खनालको पूर्ण स्वास्थ्य लाभको कामना गरेको उनका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिएका छन् ।
खनालले हालै भारतमा मिर्गौला प्रत्यारोपण गराएका थिए । उनी यही भदौ १४ गते स्वदेश फर्किएका थिए ।
प्रकाशित मिति: बुधबार, भदौ १६, २०७८