काठमाडौँ । काठमाडौँ महानगरपालिकासहित उपत्यकाका विभिन्न सडक र चोकमा थुपारिएको फोहोर भोलि बुधबार विहान ६ बजेबाट उठ्ने भएको छ ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको बैठकले फोहोर उठाउने निर्णय गरेको हो ।
करिब एक महिनादेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन । काठमाडौँ महानगरपालिका, ललितपुर महानगरपालिकासहित नगरपालिकाले सडकको अवस्था बिग्रिएको भन्दै फोहोर उठाउन छाड्दा शहरका सडक, गल्ली, चोक र नदी किनारमा पनि फोहोरका डंगुर छन् ।
प्रकाशित मिति: मंगलबार, भदौ १५, २०७८