झापा। झापामा झुन्डिएको अवस्थामा ८ महिने शिशुसहित दम्पतीको शव फेला परेको छ ।
कनकाई नगरपालिका–१ दुर्गापुरका ३४ वर्षीय रविन विक, उनकी पत्नी २९ वर्षीया मीना बस्नेत विक र ८ महिनाकी छोरी रुविना झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुरुगाका प्रहरी नायब निरीक्षक मानबहादुर जिम्बाले जानकारी दिए ।
‘शिशु पनि झुन्डिएको अवस्थामा छन् । घटनाको प्रकृति हेर्दा आत्महत्या जस्तो देखिन्छ,’ सई जिम्बाले भने, ‘पहिला शिशुलाई झुन्ड्याएर पछि दुवैले आत्महत्या गरेको जस्तो देखिन्छ ।’ घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए ।
प्रकाशित मिति: सोमबार, भदौ ७, २०७८