काठमाडौँ। नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
शुक्रबार १० हजार ५३० पीसीआर परीक्षण गर्दा २ हजार ७९ र ७ हजार १२४ नमुनाको एन्टिजेन परीक्षण गर्दा ९६३ जना गरी ३ हजार ४२ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार थप २ हजार २४४ जना कोरोना सङ्क्रमित निको भएका छन् ।
यस्तै गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २६ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: शुक्रबार, भदौ ४, २०७८