काठमाडौँ । पछिल्लो २४ घण्टामा ३,४५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ९३ पीसीआर परीक्षण गर्दा २,५६६ जना र ५,५१८ एन्टिजेन परीक्षण गर्दा ८८५ गरी ३ हजार ४५१ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ भने २,४५८ जना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: सोमबार, साउन ३२, २०७८