काठमाडौँ । सरकारले हितेन्द्रदेव शाक्यलाई ऊर्जा आयोगमा सचिवसरहको पद सिर्जना गरी पूर्णकालीन सदस्य नियुक्त गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई नियुक्त गरेसँगै शाक्यलाई सोही सरहको सेवा सुविधा पाउने गरी विशिष्ट श्रेणीको पद(सचिव)मा सम्मानजनक नियुक्ति गर्ने निर्णय गरेको हो ।
सिंहदरवारस्थित ऊर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयको सबैभन्दा माथिल्लो तलामा रहेको सचिवालयमा विशिष्ट श्रेणीको पद सिर्जना गरी ४ वर्षका लागि शाक्यलाई पूर्णकालीन सदस्य नियुक्त गरिएको हो । शाक्यले आयोगमा विज्ञकारुपमा काम गर्नेछन् ।
शाक्य गत २०७७ माघमा विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका थिए ।
प्रकाशित मिति: बुधबार, साउन २७, २०७८