काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जना कोभिड सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १९ हजार १२३ वटा नमुनाको परीक्षण गर्दा ४ हजार ९०४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यस्तै मंगलबार २ हजार ११५ जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै नेपालमा पछिल्लो २४ घण्टामा ३५ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १० हजार १५० पुगेको छ ।
प्रकाशित मिति: मंगलबार, साउन २६, २०७८