काठमाडौँ । आजदेखि कोभिड–१९ विरुद्धको कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाइँदै छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार यसअघि कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगत खोप महाशाखाले भुटानबाट खोप आइसकेकाले उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेकालाई खोप दिन लागिएको हो । महाशाखाले जापान र भुटानबाट आएको खोप लगाइने जनाएको छ ।
काठमाडौँमा १४४ खोप केन्द्रबाट कोभिसिल्डको खोपको पहिलो मात्रा लगाइसकेका ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा खोप लगाइनृछ ।
प्रकाशित मिति: सोमबार, साउन २५, २०७८