काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ८७० पीसीआर परीक्षणमा ३ हजार ७ जना र ६ हजार ५३८ एन्टिजेन परीक्षणमा ९३१ जना गरी ३ हजार ९३८ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयले दिएको जानकारी अनुसार बिहिबार कोरोना भाइरस संक्रमणबाट थप ३७ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९९४ पुगेको छ ।बिहीबार ३ हजार ९३८ थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ८ हजार ७९ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या ६ लाख ६३ हजार ६६३ पुगेको छ ।मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३४ हजार ४२२ जना रहेका छन् ।
प्रकाशित मिति: बिहीबार, साउन २१, २०७८