काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा देशभर २ हजार ५६८ जना कोभिड सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ६३६ ओटा नमुनाको परीक्षण गर्दा २ हजार ५६८ जनामा सङ्क्रमण पुष्टि भएको हो ।त्यस्तै पछिल्लो २४ घण्टामा दुई हजार २० जना सङ्क्रमणमुक्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा १८ जनाको मृत्यु पुष्टि भएको छ । योसँगै नेपालमा कोभिड सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ९ हजार ८७५ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, साउन १७, २०७८