काठमाडौँ । राष्ट्रको गौरवशाली संगठन हो नेपाली सेना । नेपाली सेनाको मुख्य दायित्व राष्ट्रिय एकता र देशको सार्वभौमसत्ताको रक्षा गर्नु हो । संबिधानले दिएको अधिकार प्रयोग गर्दै नेपाली सेनाले आफुलाई प्राप्त जिम्मेवारीहरु इमान्दारीपूर्वक निर्वाह गरि नै रहेको छ । यहाँनिर उल्लेख गर्नुपर्ने बिषय के छ भने नेपाली सेनालाई सार्वभौमसत्ताको रक्षाका लागि जिम्मेवार ठहर्याएपनि देशको सिमा रक्षा लगायतका महत्वपूर्ण कामबाट उसलाई जिम्मेवारी बिहिन बनाइएको छ। सरकारले नेपाली सेनालाई भौतिक पूर्वाधार मन्त्रालयले गर्नुपर्ने जिम्मेवारी भित्रका सडक निर्माणका काममा लगाइरहको देखिन्छ । गोलि गठ्ठा व्यारेकमा थन्काएर नेपाली सेनाको सक्कलदर्जा बेल्चा र अन्य निर्माण समाग्रीका साथ देशका विभिन्न क्षेत्रमा खटिरहेका हुन्छन् ।
नेपाली सेनाले लिएका यस्तै जिम्मेवारी मध्येको एक महत्वपूर्ण जिम्मेवारी भनेको काठमाडौँ-तराई द्रुतमार्ग हो । जतिबेला सरकारले सेनालाई यो योजना जिम्मा लगाएको थियो त्यो बेला धेरै छिटो यसको निर्माण सम्पन्न गरिसक्ने लक्ष्य रहेको घोषणा गरिएको थियो । तर हालै एक कार्यक्रमको आयोजना गरि सेनाको विकास निर्माण निर्देशनालयले फाष्टट्रयाकको काम १६ प्रतिशत सम्पन्न गरिएको सगौरव प्रस्तुत गरेको छ ।
सेनाले जे सुकै भनेपनि फाष्टट्रयाकको काम सन्तोषजनक रुपमा अघि बढ्न सकिरहेको छैन । यसरी योजनाको काम सन्तोषजनक रुपमा अघि नबढ्नुको पछाडी यसको इन्जिनियरिङ्ग परामर्श दातृ कम्पनी र यसका मालिक रहेका छन् । लामो समयदेखि नेपाली सेनाले गर्ने प्राय सबैजसो बिकास निर्माणसंग सम्बन्धित कामहरुमा एकछत्र परामर्श दातृको काम गर्दै आएका मंगललाल श्रेष्ठका कारण राष्ट्रिय गौरवको आयोजनाको रुमपा रहेको यो फाष्टट्रयाक अस्तव्यस्त बन्ने खतरा बढिहरको छ ।
यो बिचमा संसारले कोभिडको सामना गर्यो । कोभिड महामारीबाट नेपाल पनि प्रभावित भयो । कोभिड महामारीबाट प्रभावित भइरहेका बेला पनि नेपालका अन्य ठुला राष्ट्रिय गौरवका अयोजनाहरुको काम तीव्र रुपमा अघि बढ्यो । पोखरा क्षेत्रिय अन्तर्राष्ट्रिय बिमानस्थलदेखि भैरहवा क्षेत्रिय बिमानस्थल सम्मका कामहरु यहि कोभिड महामारीको बिचमा अघि बढे । यो बिचमा राष्ट्रिय र अन्तर्राष्ट्रिय इन्जिनियरिङ्ग कन्सल्टेन्सीहरुको सक्रियतामा ती बिमानस्थलहरुका काम लगभग सम्पन्नको चरणमा प्रवेश गरेका छन् । तर देशको लगभग सबैभन्दा ठुलो राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो फाष्टट्रयाकको काम चाहिं कोभिडको बहाना बनाएर लामो समय प्रभावित भयो । लामो समय सम्म अन्तर्राष्ट्रिय परामर्शदातृ कम्पनी नेपाल आउन सकिरहेको थिएन भने ढिलो गरि आएको भएपनि मंगललालको छलकपटका कारण यो आयोजना पुरै प्रभावित भएको छ ।
पहिलो कुरा त मंगललालले यो आयोजनाको कन्सल्टेन्सीको काम बर्तमान सैनिक नेतृत्वलाई गुमराहमा राखी बिकास निर्माण निर्देशनालयका अधिकारीहरुको मिलेमतोमा मापदण्ड र नियम बिपरित हत्याएका थिए । जवकि कन्सल्टेन्सी छनौटको यो काम नेपाली सेनामा लामो समयसम्म बिबादित बनेको थियो । कोभिड महामारीका बिच सरकारकाले लगाएको निषेधाज्ञाको समेत ख्याल नगरी कुनैपनि निकायको वास्ता समेत नगरी उनै मंगललालको षड्यन्त्रको सिकार बन्दै यो परामर्शको काम दिने काम गरियो । अनेकन षड्यन्त्र र सेटिङको चक्रव्युह रचेर काम लिन सफल भएका मंगललालले त्यसयता आफुले काम लिन प्रस्ताव पत्रमा प्रस्तुत गरेका कुनैपनि स्पेसिफिकेसन पुरा गरेका छैनन् ।
आयोजनाको परामर्श खरिद सम्झौतामा परामर्शदाताबाट प्रस्तावित कुनैपनि प्राविधिकहरु परिवर्तन गर्न नपाईने व्यवस्था छ तर मंगललालले प्रस्ताव गरेका प्राविधिकहरुलाई नपठाई सस्ता र कुनैपनि बिज्ञता तथा अनुभव नभएकाहरुलाई नक्कली बिज्ञता र अनुभव देखाई बिज्ञको रुपमा परिवर्तन गर्न दबाब दिइरहेका छन् । मंगललालले एकातर्फ देशको राष्ट्रिय गौरवको आयोजनालाई तहसनहस बनाइरहेका छन् भने अर्कोतर्फ सेनाको राष्ट्रिय गरिमालाई समेत धुलिसाध गरिरहेका छन् ।
काम लिइसकेपछि मंगललालको झुट, फरेवी र बदमासीको शृंखला एक-एक गरि सार्वजनिक भइरहेको छ र नेपाली सेनालाई अनेक बहाना बनाउदै आफु अनुकूल सम्झौता गर्न बाध्य बनाइरहेका छन् । यहाँ सम्मकि रोडमा कामनै नगरेकाहरुलाई रोड ईन्जिनियर र पुलको नाम समेत नसुनेकाहरुलाई पुलको ईन्जिनियर भनेर पेश गरेका छन् । जवकी सम्झौताका बखत चाहिं नक्कली बायोडाटा पेश गर्दै सबै क्षेत्रका अनुभवी ईन्जिनियरहरु नाम प्रस्ताव गरेका थिए । प्रस्तावबारे छलफल हुँदै गर्दा स्मेक नामक अन्तर्राष्ट्रिय कम्पनी स्मेकको डकुमेण्टमा केही बिज्ञहरुको हस्ताक्षर छुटेको भन्दै प्रस्ताव समेत सेनाले रिजेक्ट गरेको थियो ।
यतिबेला मंगललाल र उनले अघि सारेको अन्तर्राष्ट्रिय कम्पनीमा त्यतिबेला उल्लेख गरिएका सबै बायोडाटा नक्कली हुन् र फिल्डमा जाँदा प्राय फ्रेस ईन्जिनियरहरुलाई सस्तोमा काम लगाउने गरिएको छ । कागजमा हस्ताक्षर नभएको कम्पनीलाई फिर्ता गर्ने सेना यतिबेला मंगललाल मनलाग्दी रुपमा स्पेसिफीकेसनको बिज्ञहरु परिवर्तन गर्दा निरिह बन्नु परिरहेको छ । सत्यता के हो भने यतिबेला मंगललाल र उनको मिलेमतोमा राखिएका सबैजसो फर्मले पेश गरेका कुनैपनि बिज्ञहरुलाई उनीहरुले फाष्टट्रयाकको साइटमा देख्न पाइएको छैन ।
उपलब्ध रहेका बिज्ञहरुलाई मंगललाल र उनका अनेकौ नक्कली फर्महरुले यति सस्तोमा मोलमोलाई गरिरहेका छन कि कुनैपनि बिज्ञहरु त्यसरी काममा जान मानिरहेका छैनन् । र यस्तो बेला मंगललालले फिल्डमा बिना अनुभवका मानिसहरु पठाउने र रकम कुम्ल्याउन चाहिं हाजिर नै नगरेका आफ्ना पुराना साथीहरुलाई हस्ताक्षर गराउने गरेका छन् । यसरी उनले कति रकम खुसुखुसु लिइरहेका छन कति चाहिं लिने क्रममै छन् । उनको रजगज यति सम्म चलेको छ कि साइटमा २ वटा मात्रै गाडी लिएर १० वटा गाडीको भुक्तानी उनले लिइरहेका छन् ।
प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाभित्र मौलाएको बिकृति बिरुद्ध अभियान सञ्चालन गरिरहेका छन भने अर्कोतिर सेनाभित्रकै विकास निर्माण निर्देशनालयको आडमा मंगललालले मनलाग्दी गरिरहेका छन् र भ्रष्टाचारको अखडा बनाइरहेका छन् । यस आयोजना अन्तर्गत भएका कुनैपनि इन्जिनियरिङ्ग परामर्शसंग सम्बन्धित काममा बिदेशी परामर्श बिना एक रुपैयाँ पनि भुक्तानी नपाउने प्रचलन रहेको भएपनि मंगललाल र सेना भित्रकै केही व्यक्तिहरुको मिलेमतोमा नक्कली बिलका आधारमा भुक्तानी भइरहेको छ । त्यसरी भुक्तानी भएको रकम आपसमा बाडीचुडी खाने काम भइरहेको छ ।
मंगललाल श्रेष्ठको प्रत्यक्ष र अप्रत्यक्ष संलग्नतामा करिब आधा दर्जन जति परामर्श सम्बन्धि काम गर्ने कम्पनीहरु छन् । उनले लामो सयमदेखि सेना भित्र एकल रजाई गर्दै आइरहेका छन् । उनलाई जान्ने ईन्जिनियरिङ्ग सोसाइटीले उनले आजसम्म व्यवसायिक रुपमा कहिल्यै काम नगरेको र कुनैपनि काम लिनका लागि ठगठाग, मिलेमतो र लेनदेनको सहयाता लिइरहेका छन भने निरन्तर कमसल काम गर्दापनि उनको यहि मिलेमतो र लेनदेनका सुत्र अनुसार काम पनि पाइरहेका छन् । उनका कारण बर्तमान सेनापतिको सुद्धिकरणलाई अभियानलाई व्यंज्ञ गरिरहेको छ भने देशले आशा गरिरहेको राष्ट्रिय गौरवको आयोजना फास्टट्रयाक पनि अस्तव्यस्त बन्ने अवस्था आएको छ । दुनियाको अगाडी सेनाले फाष्टट्रयाकमा प्रगति भइरहेको भइरहेको भनेपनि फाष्टट्रयाकको वास्तविकता चाहीँ अर्कै छ ।
त्यहाँ मंगललालले अनेक बहाना गरि अस्तव्यस्त बनाइरहेका छन् । यतिबेला सम्पन्न गरिएको भनिएको १६ प्रतिशत काम भनेको यस अघिनै गरिएको सहज ठाउको मात्रै हो । अफ्ठयारो भुगोल, सुरुङ्ग र पुलको काम शुरु पनि गरिएको छैन । जवकि आम जनतालाई सुरुवाती चरणमा भनेको अनुसार हुने हो भने त्यो काम धेरै सम्मन्न भइसक्नुपर्ने हो ।
प्रकाशित मिति: शनिबार, साउन १६, २०७८